सालझण्डी–ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आयो
सारांश
- बागलुङको सालझण्डी-ढोरपाटन सडक पहिरोका कारण तीन दिन अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ।
- भारी वर्षाका कारण ढोरपाटन-७ धाराबोटमा पहिरो गएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या भएको थियो।
- सडक खुलेपछि पर्यटक गन्तव्यतर्फ लागेका छन्, तर नगरपालिकाले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
बागलुङ । पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आएको छ । सडकमाथिबाट झरेको पहिरो दुई दिनको निरन्तर पहलमा पन्छ्याएपछि आजदेखि सडक सञ्चालनमा आएको हो ।
भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ झरेको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन आवागमन गर्ने सयौँ आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो ।
आजदेखि सडक सञ्चालनमा आएपछि पर्यटक गन्तव्यतर्फ लागेका ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । उक्त खण्डमा ठूलो पहिरो गएकाले सडक खुलाउन तीन दिन लागेको उनले बताए । योबाहेक वैकल्पिक सडक नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको उनको भनाइ छ ।
यसैबीच ढोरपाटन आउने पर्यटकलाई नगरपालिका र प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ । उपप्रमुख कायतले भने, ‘निरन्तर पानी परिरहेको र पहिरो पनि ठूलो भएकाले पन्छ्याउन समय लागेको हो ।
अहिले सामान्य पहिरो पन्छ्याएर सवारीसाधान आवतजावत गर्नेगरी सडक सञ्चालनमा ल्याएका हौँ । सबै पहिरो हटाउनका लागि समय लाग्ने देखिन्छ । अहिले पर्यटक र स्थानीयलाई समस्या नहोस् भन्ने उद्देश्यले सवारीसाधन सञ्चालनमा ल्याएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण