न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
सारांश
- भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा न्वागी पर्वको अवसरमा सार्वजनिक बिदा दिइने भएको छ।
- बागमती प्रदेश सरकारले चेपाङ समुदायको पर्व न्वागी (छोनाम) को अवसरमा बिदा दिने निर्णय गरेको हो।
- यो बिदा चितवन, मकवानपुर र धादिङ जिल्लामा दिइनेछ, जहाँ चेपाङ समुदायको बाक्लो बसोबास छ।
हेटौँडा । न्वागी पर्वको अवसरमा भदौ २२ गते बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भदौ २२ गते आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको हो । बागमती प्रदेश सरकारको गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले चेपाङ समुदायको न्वागी पर्वको बिदा दिने निर्णय गरेको थियो ।
मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्रको खण्ड ८, सङ्ख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचना बमोजिम उक्त बिदा दिने निर्णय गरिएको हो । चेपाङ समुदायको बाक्लो बसोबास रहेका उक्त जिल्लाहरूमा न्वागी पर्वको अवसरमा बिदा दिइएको उनले बताइन् ।
न्वागी पर्वमा चेपाङ समुदायले नयाँ अन्नबाली र फलफूल पितृलाई चढाएर मात्र खाने प्रचलनसँग सम्बन्धित छ । चेपाङ समुदायमा नयाँ उब्जनी पितृहरूलाई नचढाई खाएमा अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण