नेपाल-अमेरिका सम्बन्ध विश्वासमा आधारित छ : परराष्ट्रमन्त्री
सारांश
- परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल र अमेरिकाबीचको सम्बन्ध ऐतिहासिक रहेको बताइन्।
- अमेरिकाले नेपाली सेनालाई दुई स्काइ ट्रक हस्तान्तरण गरेको छ, जसलाई मित्रताको प्रतीक मानिएको छ।
- स्काइ ट्रक विपद् र उद्धारका साथै एयर एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिनेछ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएकी छन् । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकप्टर) हस्तान्तरण गर्न आज यहाँ आयोजित समारोहमा मन्त्री डा.राणाले उक्त सहयोग नेपाल र अमेरिकाबिचको दिगो मित्रता र सहकार्यको प्रतीक भएको बताइन् ।
अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको उनले स्पष्ट पारिन् ।
मन्त्री डा.राणाले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व तथा मानव सेवाको उद्देश्यमा समर्पित रहेको उल्लेख गर्दै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन् ।
मन्त्री डा.राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति तथा सुरक्षाप्रति अटुट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन् । समारोहमा परराष्ट्रमन्त्री डा.राणा, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिन आर थम्पसनले ती स्काइ ट्रक हस्तान्तरण गरिन् ।
स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन तथा एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण