सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्ति तटबन्धनमा २३ अर्बभन्दा बढी विनियोजन

बिहीबार, १९ भदौ २०८२, १५ : १८
बिहीबार, १९ भदौ २०८२

सारांश

  • ऊर्जा मन्त्री दीपक खड्काले राप्तीसोनारी-नरैनापुर खण्डमा तटबन्धका लागि २३ अर्बभन्दा बढी रकम विनियोजन भएको बताए।
  • भारत सरकार, एडीबी र नेपाल सरकारले तटबन्धका लागि रकम छुट्याए पनि भारतसँगको बैठक नहुँदा रकम खर्च हुन सकेको छैन।
  • मन्त्रीका अनुसार, दीर्घकालीन समाधानका लागि डीपीआर तयार गरी नदीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरण गरिनेछ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले राप्तिसोनारी–नरैनापुर खण्डमा राप्ति नदी तटबन्धनका लागि पछिल्ला तीन वर्षमा भारत सरकार, एडीबी र नेपाल सरकारमार्फत २३ अर्ब रुपैयाँभन्दा बढी विनियोजन भएको जानकारी दिएका छन्।

प्रतिनिधिसभामा सांसद सूर्य प्रसाद ढकालको प्रश्नको जवाफ दिँदै उनले भारत सरकारले ३५.०३ करोड, एडीबीले १४३.९८ करोड र नेपाल सरकारले ४१.९५ करोड रुपैयाँ छुट्याएको बताए। तीन वर्षदेखि नेपाल–भारतबीच बाढी तथा डुबानसम्बन्धी बैठक नबसेकाले भारतीय अनुदान रकम खर्च हुन नसकेको पनि उनले उल्लेख गरे।

चालू आर्थिक वर्ष २०८२/८३ मा मात्रै भारत सरकारले २०.५० करोड, एडीबीले ३७.६६ करोड र नेपाल सरकारले १२.८६ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए।

दीर्घकालीन समाधानका लागि बबई नदी, सहायक नदीहरू, पश्चिम राप्ति दाङ खण्ड र बाँके खण्डका नदीहरूको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी चरणबद्ध कार्यान्वयनमा लैजाने योजना रहेको उनको भनाइ छ। यसले नदीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सहयोग गर्ने उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप