किरण साहविरुद्धको मुद्दामाथि पर्सा जिल्ला अदालतमा सकियो बहस
बिहीबार, १९ भदौ २०८२, १५ : २७
सारांश
- खानेपानी मन्त्रीसँगको विवादमा पक्राउ परेकी किरण साहविरुद्धको मुद्दामा बहस सकिएको छ।
- पर्सा जिल्ला अदालतमा न्यायाधीश कमलकान्त जोशीको इजलासमा बहस भएको हो।
- टिकटकर किरण साहलाई मन्त्रीका स्वकीय अधिकृतको जाहेरीका आधारमा पक्राउ गरिएको थियो।
वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग विवाद गरेको विषयमा पक्राउ परेकी किरण साहविरुद्धको मुद्दामा बहस सकिएको छ । सरकारी वकिलको कार्यालयबाट पर्सा जिल्ला अदालतमा पेस भएको मुद्दामा बिहीबार बहस सकिएको हो ।
पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभिक मल्लिकले केहीबेर अघिमात्रै न्यायाधीश कमलकान्त जोशीको इजलासमा साहको मुद्दाको बहस सकिएको हो ।
गएको शनिबार प्रहरीले सोधपुछका लागि भन्दै टिकटकर समेत रहेकी साहलाई बोलाएको थियो । त्यसपछि खानेपानी मन्त्री यादवको स्वकीय अधिकृत हरिन्द्र साहले दिएको जाहेरीका आधारमा नियन्त्रणमा लिएर प्रहरीले उनीमाथि मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको थियो ।
उनीविरुद्ध विद्युतीय कारोबार सम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटा अफवाह फैलाएको कसुर सम्बन्धी मुद्दा दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण