बालेन भन्छन्, ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि’
सारांश
- काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति व्यंग्य गरेका छन्।
- उनले सरकारको निर्णयबारे कविता लेख्दै टिप्पणी गरेका हुन्।
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको छ।
काठमाडौँ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले दर्ता हुन नमानेका सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय प्रति व्यङ्ग्य गरेका छन् । उनले बिहीबार एक कविता लेख्दै सरकारको निर्णयबारे टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यद्यपि, सूचीकरण गरेमा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सोही क्षणदेखि पुनः सक्रिय गराउन समेत मन्त्रालयले निर्देशन दिएको हो ।
यस्तो छ बालेको कविता :
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबिच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण