नेपाल र बंगलादेशबिचको खेलमा १० हजार टिकट बिक्री गर्ने लक्ष्य
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबिचको खेलमा १० हजार टिकट बिक्री गर्ने लक्ष्य लिएको छ ।
बिहीबार दशरथ रङ्गशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबिच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक हजार वटा टिकट बिक्री गर्ने जनाएको हो । यसअघि एन्फाले सामान्य प्याराफिट तर्फ ७ हजार वटा टिकट बिक्री गर्ने जनाएको थियो ।
मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको छ ।
दुवै खेलको विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । यदि दुवै खेलबाट समग्रमा नजिता नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत बिजेता तय गरिने उनले बताए ।
उनले मैत्रीपूर्ण फुटबलका लागि सवै तयारी पूरा भएको उल्लेख गरे । प्रतियोगिताको अनुमानित बजेट रु १ करोड २७ लाख ५८ हजार रहेको एन्फाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण