अपडेट
सरकारले निष्क्रिय गरेपछि फेसबुकले देखायो सूचीकरणको चासो, हाम्रो पात्रो बन्द नहुने
बिहीबार, १९ भदौ २०८२, १८ : ४०
१
सारांश
- सरकारले बन्द गर्न निर्देशन दिएका सामाजिक सञ्जालमध्ये हाम्रो पात्रो बन्द नहुने भएको छ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ताका अनुसार यो साइट ह्वाइट लिस्टमा गइसकेको छ।
- फेसबुकको संस्थापक कम्पनी मेटाले सूचीकरणका लागि चासो देखाएको छ।
काठमाडौँ । सरकारले निष्क्रिय गर्न निर्देशन दिएका सामाजिक सञ्जालमध्ये हाम्रो पात्रो बन्द नहुने भएको छ ।
बिहीबार सरकारको निर्णयसँगै हाम्रो पात्रो सूचीकरणका लागि आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।
उनका अनुसार यो साइट ह्वाइट लिस्टमा गइसकेको छ । त्यसैले यो तत्कालै बन्द हुँदैन । फेसबुकको संस्थापक कम्पनी मेटाले पनि अहिले सूचीकरणका लागि चासो देखाएको छ ।
प्रवक्ता ठाकुरका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले सञ्चारमन्त्रीका स्वकिय सचिवसँग सूचीकरणका लागि आवश्यक डकुमेन्टबारे जानकारी माग गरेको र आफूहरूले यसको रेस्पोन्स गरिसकेको बताए ।
यद्यपि यही आधारमा मेटाका साइटहरू ह्वाइट लिस्टमा भने नगएको उनको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण