एभरेष्ट बैंकले घोषणा गर्यो आकर्षक लाभांश : १४ प्रतिशत नगद, ६ प्रतिशत बोनस
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई वितरण गर्न १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। बैंकको भाद्र १९ गते ९बिहीबार० बसेको सञ्चालक समितिको २०७ औँ बैठकले उक्त निर्णय गरेको हो।
बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार, कुल २० प्रतिशत लाभांश घोषणा गरिएको छ। जसमध्ये, १४ प्रतिशत नगद लाभांश रहेको छ । यो नगद लाभांशबाट बोनस शेयरमा लाग्ने कर समेत बेहोरिनेछ ।
त्यसैगरी, सेयर धनीहरूलाई ६ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव गरिएको छ। यो प्रस्ताव बैंकका कम्पनी सचिव सुरेश चापागाईँले नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरी जानकारी गराएका छन्, जसको बोधार्थ नेपाल धितोपत्र बोर्डलाई पनि दिइएको छ।
बैंकले सिफारिस गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्र कार्यान्वयनमा आउनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् आगामी वार्षिक साधारण सभामा अन्तिम अनुमोदनका लागि पेस गरिनेछ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४४ लाख ९४ हजार २ सय ८६ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण