बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चुच्चेपाटीमा मोटरसाइकल दुर्घटना, महिलाको मृत्यु

बिहीबार, १९ भदौ २०८२, २० : ००
बिहीबार, १९ भदौ २०८२

सारांश

  • काठमाडौंको चुच्चेपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएकी ३५ वर्षीया उषा तामाङको उपचारको क्रममा मृत्यु भएको हो।
  • प्रहरीले दुर्घटनाको कारण र थप विवरणका लागि अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ चुच्चेपाटी भाटभटिनीस्थित सडकमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

बा.५१ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार उदयपुर घर भई काठमाडौं साखु बस्ने ३५ वर्षीया उषा तामाङ गम्भीर घाइते भएकी थिइन्। घाइते तामाङलाई स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप