विधान कार्यान्वयनको अडान महँगो पर्यो, नाडाले मलाई हटायो : सुनिल रिजाल
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफूलाई विधान कार्यान्वयनको अडान लिएकै कारण कार्यसमिति सदस्यबाट हटाएको पूर्व उपाध्यक्ष सुनिल रिजालले आरोप लगाएका छन् ।
नाडाको आज बसेको बैठकले आफूलाई संस्थाको हित विपरीत गतिविधि गरेको आरोपमा पदबाट बर्खास्त गरेको जानकारी आएको उनले बताए ।
रिजालका अनुसार घटनाक्रम फरक छ । नाडाले यसअघि आफूलाई संस्थाको हित विपरीतका गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको थियो, तर सो प्रक्रिया नै नमिलेको भन्दै आफूले जवाफ फर्काएको उनले बताए ।
त्यसपछि अध्यक्ष करण चौधरीले आफूलाई माफी माग्न आग्रह गरेको तर, आफूले ४७ औँ वार्षिक साधारणसभाबाट पारित भएको विधान कार्यान्वयन हुनुपर्छ भनेर दृढ अडान राखेको रिजालको भनाइ छ ।
‘मैले विधान कार्यान्वयन हुनुपर्छ भनेर अडान राखेँ, त्यही नै मलाई महँगो पर्यो,’ रिजालले भने । उनले आफूले अडान राखेकै कारण कार्यसमिति सदस्यबाट हटाउने निर्णय भएको र यो निर्णय पूर्णतः पूर्वाग्रहपूर्ण रहेको आफ्नो ठहर रहेको बताए ।
नाडाको यस निर्णय विरुद्ध अब अदालत जाने तयारीमा रहेको रिजालले बताए । ‘अदालत जाने बाटो मेरा लागि खुला छ, अब उहाँहरू (अध्यक्ष चौधरी) लगायतसँग अदालतमै भेट हुन्छ, ’ रिजालले भने, ‘मैले अध्यक्ष चौधरीलाई पनि अब अदालतमै भेटौँला भनिसकेको छु,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण