एमाले बैठकमा विद्याको सदस्यताबारे भएन छलफल, कर्ण थापाको फरक मत महाधिवेशनमा छलफल हुने
सारांश
- नेकपा एमालेको विधान महाधिवेशनमा कर्ण थापाको फरक मत पेस हुने भएको छ।
- महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र सांगठानिक प्रस्तावमाथि छलफल हुनेछ।
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे थप छलफल हुने भएको छ।
काठमाडौँ । नेकपा एमालेको भोलि(शुकबार)बाट सुरु हुने विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस हुने भएको छ ।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठानिक प्रस्तावसहित थापाले दर्ता गरेको फरकमतबारे पनि विधान महाधिवेशनमा पेस भएर छलफल गर्ने निर्णय भएको बताए ।
त्यस्तै चार वटा आयोग र केन्द्रीय निकायका प्रतिवेदन पनि विधान महाधिवेशनमा छलफल हुने ज्ञवालीले बताए ।
‘आजै दर्ता भएको कर्ण थापाको असहमतिको दस्ताबेज पनि प्रस्तुत हुनेछ’, ज्ञवालीले शनिवार सात वटै दस्ताबेजमाथि ग्रुप विभाजनका आधारमा छलफल हुने बताए ।
आइतबार समूहका नेताले निष्कर्ष सुनाएपछि महाधिवेशन सकिनेछ । ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे अघिल्लो केन्द्रीय कमिटी बैठकले टुङ्गो लगाएको भन्दै सचिवालय बैठकमा छलफल नभएको बताए ।
त्यसबारे भण्डारीको सदस्यता विधिपूर्वक नवीकरण नभएको भन्दै त्यसबारेमा थप छलफल र पक्ष विपक्ष हुनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।
त्यसबारेमा थप छलफल गर्नुपर्ने भएमा केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटीमै छलफल हुनेछ ज्ञवालीले कर्ण थापाले आफ्नो फरक मतमा के विषय आउँछ त्यसका आधारमा विधान महाधिवेशनमा छलफल हुने/ नहुने थाहा हुने बताए ।
ज्ञवालीले भण्डारीको सदस्यताको विषयलाई लिएर महाधिवेशनमा पक्ष/विपक्ष बनाउन नहुने पक्षमा पार्टी रहेको बताए । एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण