राष्ट्रिय मुक्ति पार्टीले भन्याे– सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरङ्कुशतन्त्रकाे पराकाष्ठा
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टी नेपालले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तुष्टि जनाएको छ । पार्टीका प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
जनतालाई कुनै विकल्प नदिई डिजिटल माध्यमहरू अचानक बन्द गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको तानाशाही प्रवृत्ति भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रविधिको युगमा आफ्ना नागरिकलाई विश्व समुदायबाट अलग राख्नु भनेको लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो आक्रमण भएको सो पार्टीले जनाएको छ ।
'नियमन र नियन्त्रण गर्नुअघि सरकारले जनतालाई न्यूनतम विकल्प उपलब्ध गराउनुपर्ने हुन्छ । तर, विकल्प नदिई लागू गरिएको यो निर्णय जनविरोधी मात्र नभई निरङ्कुशतन्त्रकाे पराकाष्ठा हो,'विज्ञप्तिमा भनिएको छ,यी डिजिटल माध्यमहरूले अघिसम्म जनतालाई निःशुल्क सेवा प्रदान गर्दै आएका थिए । तर, त्यसलाई सकारात्मक रूपमा बुझेर उपयोग गर्नुपर्ने सट्टा सरकारले प्रतिगामी व्याख्या गर्दै जनविरोधी निर्णय लिएको छ । हामी सरकारलाई तुरुन्त आफ्नो निर्णय सच्याउन खबरदारी गर्दछौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण