किसानका समस्या समाधानमा सरकार गम्भीर: मन्त्री अधिकारी
सारांश
- कृषि मन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताए।
- मन्त्री अधिकारीले किसानको प्रगतिका लागि यान्त्रीकरण र औद्योगिकीकरण आवश्यक रहेको उल्लेख गरे।
- नेपाल किसान महासंघको अधिवेशनमा किसानका हकहितका मुद्दाहरूमा छलफल भयो।
ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाली काँग्रेसको भातृसंस्था नेपाल किसान महासङ्घको बिहीबार यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले किसानको उन्नति र प्रगतिका लागि यान्त्रीकरण, औद्योगिकीकरण आवश्यक रहेको बताए ।
“आफ्नै देशमा उत्पादन बढाउँदै आत्मनिर्भर हुन आवश्यक छ, त्यसका लागि किसानले खेतीयोग्य जमिनको उपयोग गर्न सकौँ”, उनले भने ।
नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले १८ वर्षपछि वडा तहदेखि गाउँनगर, क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय तहसम्म अधिवेशनमार्फत नेतृत्व चयन हुँदा सङ्गठन चलायमान बन्दै गएको बताए ।
नेपाल किसान महासङ्घका पूर्वअध्यक्ष भानु सिग्देलले सङ्गठनलाई सबल, सुदृढ र गतिशील बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसको व्यावसायिक सीप विकास विभागका संयोजक डा गङ्गालक्ष्मी अवालले किसानहरू संसारको सम्पूर्ण प्राणीहरूको संरक्षक भएकाले किसानले उत्पादनको वास्तविक मूल्य प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दङ्गालले महाधिवेशनले किसानका हकहितका मुद्दामा प्रभावकारी सन्देश दिन सक्ने आशा व्यक्त गरे । क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सामाजिक आर्थिक समानता र वर्गीय शोषणको अन्त्य गर्दै नेपालको किसान आन्दोलनलाई सफलतातिर लैजानुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण