उत्तर कोरिया र रुससँग सहकार्य गर्नु अमेरिकाविरुद्धको षड्यन्त्र नहुने चीनको भनाइ
सारांश
- चीनले दोस्रो विश्वयुद्धको स्मरण कार्यक्रममा रुस र उत्तर कोरियाका नेतालाई निम्तो दिएको बचाउ गरेको छ।
- ट्रम्पले पुटिन र किम जोङ उनप्रति सम्मान व्यक्त गर्दै चीनले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए।
- चीन र रुसले ट्रम्पको आरोपको खण्डन गर्दै कूटनीतिक सम्बन्ध तेस्रो पक्षविरुद्ध निर्देशित नभएको बताए।
बेइजिङ । चीनले दोस्रो विश्वयुद्धको स्मरण गर्न आयोजित कार्यक्रममा रुस र उत्तर कोरियाका नेतालाई आमन्त्रण गर्ने आफ्नो निर्णयको बिहीबार बचाउ गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा आयोजित विशाल परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङको साथमा चीनको सैन्य शक्ति प्रदर्शन गरेपछि आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा ट्रम्पले आफ्ना चिनियाँ समकक्षीलाई सङ्केत गर्दै चीनले अमेरिकाविरूद्ध षड्यन्त्र गरिरहेको बताएका छन् ।
“भ्लादिमिर पुटिन र किम जोङ उनप्रति मेरो हार्दिक सम्मान छ, तर तपाईँले संयुक्त राज्य अमेरिकाविरुद्ध षडयन्त्र गरिरहनुभएको छ ”, ट्रम्पले लेखेका छन् ।
ट्रम्पको पोस्टबारे सोधिएको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले बिहीबार दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको उपलक्ष्यमा ‘विदेशी पाहुना’लाई निमन्त्रणा गरिएको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “इतिहासलाई स्मरण गर्नु, शहीदको स्मृतिको कदर गर्नु, शान्तिको कदर गर्नु र भविष्य निर्माण गर्न शान्तिप्रिय देश र जनतासँग मिलेर काम गर्नु हो ।”
“चीनले कुनै पनि देशसँग कूटनीतिक सम्बन्ध विकास गर्नु कुनै पनि तेस्रो पक्षविरुद्ध निर्देशित हुँदैन,” उनले भने ।
क्रेमलिनले बुधबार सामाजिक सञ्जालमा ट्रम्पले लगाएको आरोप मजाक मात्र भएको बताएको छ ।
क्रेमलिनका सहयोगी युरी उशाकोभले रुसको सरकारी टेलिभिजनलाई ट्रम्पको पोस्टबारे सोधिएको प्रश्नमा भने, “मलाई लाग्छ यी तीनै जनाले अमेरिकाविरुद्ध षडयन्त्र रचिरहेका छन् भन्ने कुरा एक विडम्बनापूर्ण अभिव्यक्तिबाहेक अरू केही होइन।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण