साङ्गीतिक भ्रमणका लागि गायक दुर्गेश थापा लन्डनमा
सारांश
- चर्चित कलाकार दुर्गेश थापा सांगीतिक भ्रमणका लागि लन्डन आइपुगेका छन्।
- उनको यूके टुर सेप्टेम्बर ६ तारिखदेखि विभिन्न शहरहरूमा सुरु हुनेछ।
- लन्डन किंग्स क्रसमा सिसन बानिया र नवाज अन्सारीको विशेष प्रस्तुति रहनेछ।
लन्डन । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रका चर्चित कलाकार दुर्गेश थापा साङ्गीतिक भ्रमणका लागि लन्डन आइपुगेका छन्। लाइम एण्ड लेमन इन्टरटेनमेन्टको आयोजनामा ‘दुस्मन हेरेको हेर्यै यूके टुर’ शीर्षकको यो साङ्गीतिक भ्रमण कार्यक्रम बेलायतका विभिन्न शहरहरुमा आयोजना हुनेछ।
दुर्गेश थापा बिहीबार राति लन्डनको हिथ्रो विमानस्थलमा आइपुग्दा स्वागतका लागि उनका शुभेच्छुकहरू, स्थानीय आयोजकहरू र लाइम एण्ड लेमन इन्टरटेनमेन्टका निर्देशक सागर पौडेल उपस्थित रहेका थिए । यो दुर्गेशको पहिलो पटक बेलायत भ्रमण भएका कारण उनी आफूलाई निकै उत्साहित र खुसी व्यक्त गर्दै आफ्ना प्रशंसकहरूलाई पूर्ण मनोरञ्जन दिलाउने वाचा गरे ।
दुर्गेश थापाको यूके टूरको कार्यक्रम तालिका अनुसार सेप्टेम्बर ६ तारिख प्रेस्टनमा टूरको पहिलो शो हुनेछ भने सेप्टेम्बर ८ तारिख बर्मिङहममा, १२ तारिख स्काला लन्डन किंग्स क्रसमा, १३ तारिख एम्पायर अल्डरसटमा, १५ तारिख स्कटल्यान्डमा र १६ तारिख लेष्टरमा शोहरु हुनेछन् ।
लन्डन किंग्स क्रसमा हुने कार्यक्रममा चर्चित मिडिया व्यक्तित्व सिसन बानिया र लोकप्रिय र्यापर नवाज अन्सारीले पनि विशेष प्रस्तुति दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण