अजम्बर राईलाई स्थायी समिति सदस्य बनाउने माओवादी केन्द्रको निर्णय
शुक्रबार, २० भदौ २०८२, १४ : ००
सारांश
- माओवादी केन्द्रले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ।
- पार्टी पदाधिकारी बैठकले काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको हो।
- यसअघि गङ्गानारायण श्रेष्ठ र डा विजय सैंजु स्थायी कमिटी सदस्य बनेका थिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य अजम्बर राई काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले काङमाङलाई स्थायी समिति सदस्य बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ।
योसँगै माओवादीमा ४७ सदस्य स्थायी समिति बनेको छ । यस अघि एकता प्रक्रियामा जोडिएका गङ्गानारायण श्रेष्ठ र डा विजय सैंजु स्थायी कमिटी सदस्य भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण