बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् एमाले विधान महाधिवेशनस्थल बाहिरकाे चहलपहल

शुक्रबार, २० भदौ २०८२, ११ : ०९
शुक्रबार, २० भदौ २०८२

सारांश

  • एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीमा सुरु हुँदैछ।
  • महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
  • विभिन्न आयोगका प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि प्रारम्भ हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

 पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ । 

बिहीबार केन्द्रीय सचिवालय बैठकमा फरक मत दर्ता गराएका स्थायी कमिटी सदस्य कर्ण थापाको पनि आज प्रस्तुति हुनेछ । अहिले महाधिवेशनस्थलमा नेता–कार्यकर्ताहरु आउने क्रम जारी छ । उनीहरुलाई कलाकारहरुले विभिन्न झाँकीसहित स्वागत गरेका छन् । 

हेर्नुहोस्  महाधिवेशनस्थल बाहिरको चहलपहल तस्बिरमा–

uml-bidhan-mahadhibesan (1)uml-bidhan-mahadhibesan (2)uml-bidhan-mahadhibesan (3)uml-bidhan-mahadhibesan (4)uml-bidhan-mahadhibesan (5)uml-bidhan-mahadhibesan (6)uml-bidhan-mahadhibesan (7)uml-bidhan-mahadhibesan (8)uml-bidhan-mahadhibesan (9)uml-bidhan-mahadhibesan (10)uml-bidhan-mahadhibesan (11)uml-bidhan-mahadhibesan (12)uml-bidhan-mahadhibesan (13)uml-bidhan-mahadhibesan (14)uml-bidhan-mahadhibesan (15)uml-bidhan-mahadhibesan (16)uml-bidhan-mahadhibesan (17)uml-bidhan-mahadhibesan (18)

uml-bidhan-mahadhibesan (1)uml-bidhan-mahadhibesan (2)uml-bidhan-mahadhibesan (3)uml-bidhan-mahadhibesan (4)uml-bidhan-mahadhibesan (5)uml-bidhan-mahadhibesan (7)uml-bidhan-mahadhibesan (8)uml-bidhan-mahadhibesan (9)uml-bidhan-mahadhibesan (10)uml-bidhan-mahadhibesan (11)uml-bidhan-mahadhibesan (12)uml-bidhan-mahadhibesan (13)uml-bidhan-mahadhibesan (14)uml-bidhan-mahadhibesan (15)uml-bidhan-mahadhibesan (16)uml-bidhan-mahadhibesan (17)

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप