काठमाडौँको ताम्सीपाखाको प्रहरी बिट पुनर्निर्माण, एसएसपीले गरे उद्घाटन
सारांश
- काठमाडौँ महानगरपालिका वडा १८ मा रहेको प्रहरी बिटको पुनर्निर्माण गरिएको छ।
- प्रहरी कर्मचारीहरूले अब आधुनिक भवनमा बसेर काम गर्नेछन्, जसको उद्घाटन एसएसपी विश्व अधिकारीले गरे।
- बिटदेखि वृत्तसम्मको अवधारणा अनुसार, काठमाडौँका बिट र वृत्तलाई क्रमशः आधुनिकीकरण गरिनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१८ स्थित ताम्सीपाखामा अवस्थित प्रहरी विटको पुनर्निर्माण गरिएको छ । यसअघि टिनको टहरामा बस्ने प्रहरी कर्मचारीहरूले आधुनिक शैलीमा बनेको भवनमा बसेर काम गर्न थालेका छन् । दाछि इट्टाको प्रयोग गरेर पुनर्निर्माण गरिएको ताम्सिपाखा प्रहरी बिट शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उद्घाटन गरे ।
काठमाडौँको मुख्य सहरी क्षेत्र नरदेवीसँगै अवस्थित ताम्सिपाखाको प्रहरी बिट लामो समयदेखि पुनर्निर्माण हुन सकेको थिएन । वडा कार्यालयको चालु आर्थिक वर्षको बजेटबाट बिट पुनर्निर्माण गरिएको वडा नम्बर–१८ का अध्यक्ष न्हुछेकाजी महर्जनले रातोपाटीलाई बताए ।
प्रहरी बिट उद्घाटन गर्दै काठमाडौँका एसएसपी अधिकारीले ‘बिटदेखि वृत्तसम्म’ भन्ने अवधारणा अनुसार ताम्सीपाखामा आधुनिक शैलीको बिट निर्माण गरेको बताए । उनले भने– ‘बिटमा बस्ने प्रहरी कर्मचारीहरू आधारभूत सुविधामा बसेर सुरक्षा प्रदान गर्नुपर्छ भन्ने हाम्रो अवधारणा हो ।’
भदौ १६ मा प्रहरी वृत्त थानकोटको नवनिर्मित भवन उद्घाटन गरिएको थियो । काठमाडौँभित्रका बिट र वृत्त क्रमशः आधुनिकीकरण गरिने एसएसपी अधिकारी जानकारी दिए ।
ताम्सीपाखा बिट प्रहरी वृत्त जनसेवाको मातहतमा पर्छ । मुख्य सहरी क्षेत्रको सुरक्षामा खटिने प्रहरी कर्मचारी बस्ने असन र बांगेमुढाको बिट पनि पुनर्निर्माण गर्ने प्रक्रिया सुरु गरिएको प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण