सर्वोच्च अदालतको चार इजलासमा ११७ थान भ्रष्टाचार मुद्दा पेसीमा
सारांश
- शुक्रबार सर्वोच्च अदालतमा भ्रष्टाचारसम्बन्धी ११७ वटा मुद्दाको पेसी तोकिएको छ।
- २०७७ सालपछि दर्ता भएका घुससँग जोडिएका मुद्दालाई प्राथमिकतामा राखिएको छ।
- चार इजलासमा मुद्दाको सुनुवाइ हुनेछ, जसमा कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासमा ३० मुद्दा छन्।
काठमाडौँ । सर्वोच्च अदालतमा आज (शुक्रबार) चार वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ११७ थान मुद्दा पेसीमा तोकिएको छ । सर्वोच्च अदालतले २०७७ पछि दर्ता भएका घुससँग जोडिएका भ्रष्टाचार मुद्दा एक साथ पेसीमा तोकेकाे हो ।
सर्वोच्चले भ्रष्टाचारसम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेर दुई महिनाअघि देखि एकै प्रकृतिको मुद्दाका लागि इजलास गठन गर्दै आइरहेको छ ।
शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा घुससँग सम्बन्धित ३० थान मुद्दा पेसीमा तोकिएको छ । त्यस्तै न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश शान्तिसंह थापाको संयुक्त इजलासमा २९ थान पेसी रहेको छ ।
साथै न्यायाधीशद्वय कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा २९ थान मुद्दा पेसी तोकिएको छ । साथै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा २९ थान पेसी तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण