लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ : प्रधानमन्त्री ओली
‘जीएसआई’ मा समर्थन गरेका छैनौँ
शुक्रबार, २० भदौ २०८२, १४ : ३६
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन-भारत सहमतिमा चीन समक्ष आपत्ति जनाए।
- उनले चीन भ्रमणमा राष्ट्रपति सी चिनफिङसँगको भेटमा असहमति व्यक्त गरेको बताए।
- ओलीले भारत र चीनको ग्लोबल सेक्युरिटी इनिसियिटिभ (जीएसआई) मा कुनै समर्थन नगरेको कुरा पनि प्रस्ट पारे।
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबिचको सहमतिप्रति चीनसमक्ष आपत्ति दर्ज गरिएको बताएका छन् ।
उनले यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको स्पष्ट पारे ।
ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताए । प्रधानमन्त्री ओलीले चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जीएसआई) मा कुनै समर्थन नगरिएको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण