युक्रेनका लागि पश्चिमी सुरक्षा ग्यारेन्टीलाई रुसले गर्यो अस्वीकार
सारांश
- रुसले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने पश्चिमी देशहरूको प्रस्ताव अस्वीकार गरेको छ।
- रुसले विदेशी सेनाको तैनाथी कुनै पनि हालतमा स्वीकार नगर्ने जनाएको छ।
- फ्रान्सका राष्ट्रपति म्याक्रोले यस्तो बताएपछि रुसको यो प्रतिक्रिया आएको हो।
मस्को । युक्रेनलाई पश्चिमी देशहरूले दिने भनेको सुरक्षा ग्यारेन्टीलाई रुसले अस्वीकार गरेको छ । युक्रेनमा सुरक्षा ग्यारेन्टी दिनका लागि विदेशी सेनाको तैनाथी कुनै पनि अवस्थामा स्वीकार नगरिने रुसले स्पष्ट पारेको त्यहाँको सरकारी सञ्चारमाध्यमले समाचार छापेको भन्दै बीबीसीले जनाएकाे छ ।
पश्चिमी देशहरूले औपचारिक रूपमा युद्धविराम भएको भोलिपल्टै भूमि, समुद्र वा आकाश कुनै पनि बाटोबाट सेना पठाउन सक्ने औपचारिक रूपमा कसम खाएको भनेर फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले बताएपछि रुसको यो बयान आएको हो ।
‘कोलिशन अफ विलिङ्ग’ नाम गरेको ३५ देशको शिखर सम्मेलनपछि म्याक्रोले सो अभिव्यक्ति दिएका थिए । आगामी दिनमा अमेरिकी समर्थनलाई अन्तिम रूप दिइने उनको भनाइ थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालै अमेरिकी समर्थन हवाई मद्दतको रूपमा आउनसक्ने सङ्केत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण