एमालेको परराष्ट्र नीति : राष्ट्रिय सम्मानका आधारमा सबैको बराबर
काठमाडौँ । नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ ।
स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोग: परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चितता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हितमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका छन् ।
एमाले अध्यक्ष ओलीले दोस्रो विधानमा महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रहरू बिचको ध्रुवीकरण र विभाजनका बहाना हुन नहुने उल्लेख छ ।
‘विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रहरू बिचको ध्रुवीकरण र विभाजनका बहाना हुनुहुँदैन । हामी के ठान्छौँ भने विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गरिनुपर्छ’, एमालेले आफ्नो परराष्ट्र नीतिमा भनेको छ, ‘कुनै पनि देशले आफ्नो विचारधारा, विकास मोडालिटी वा रणनीति अरूमाथि लाद्ने प्रयास गर्नुहुँदैन । र, सबै भन्दा महत्त्वपूर्ण कुरा, हाम्रो संस्कृति, सभ्यता र पहिचान साथै अविकसित र विकासशील देशहरूसँग ऐक्यबद्धताको भावना केन्द्रमा रहनुपर्छ ।’
राष्ट्रहरू जमिनको आकार, जनसङ्ख्या वा आर्थिक शक्तिको आकारमा फरक हुन सक्छन्, तर सबैको सार्वभौमिकता र राष्ट्रिय सम्मान समान रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘हामी विवादहरूको शान्तिपूर्ण समाधानको दृष्टिकोणमा छौँ, र श्रमिक वर्गको विशाल बहुमतको पक्षमा विश्व व्यवस्थालाई पुनः आकार दिन चाहन्छौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण