लम्बियो एमाले विधान महाधिवेशन
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनको समय लम्बिएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार शुक्रबार पहिलो दिन ५ बजेसम्म उद्घाटनसहित सबै प्रतिवेदन र प्रस्तावहरू पेस गरिसक्ने भनिएपनि ५ बजेसम्म २ वटा प्रतिवेदन मात्र पेस भएका छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पाँच बजेसम्म अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रस्ताव बन्दसत्रमा पेस भएको छ ।
त्यसपछि उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पेस हुनेछ । मूल तीन वटा प्रस्ताव र प्रतिवेदन पेस भएपछि विभिन्न आयोगहरूका प्रतिवेदन पेस हुनेछन् । ‘यी प्रतिवेदन पेस भएपछि आठ बजेतिरमात्रै पहिलो दिनको महाधिवेशन सकिने छ’, गौतमको भनाइ छ ।
प्रचार विभाग प्रमुख गौतमले अध्यक्षको प्रतिवेदनमा सिङ्गो कम्युनिस्ट आन्दोलनको समीक्षा गरिएको भन्दै नेपाली विशेषतासहितको समाजवादका कार्यक्रम र निर्वाचनमा प्राप्त जनमत, पार्टीको सिद्धान्तबारे उल्लेख गरेको बताए ।
उनले अध्यक्षको प्रतिवेदनमा मिसन ८४ लाई केन्द्रमा राखेर बहुमत ल्याउने, सुदृढ र एकताबद्ध पार्टी निर्माण गर्ने, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्यको व्याख्या, पार्टी निर्माण र देश निर्माणबारे उल्लेख गरिएको बताए ।
यसका साथै राजनीतिक शक्तिहरूको चर्चा, भूराजनीतिक विषयको विश्लेषणसहिसत समाजवाद प्राप्त गर्ने रोडम्याप अध्यक्षको प्रस्तावमा समेटिएको बताए ।
विधान महाधिवेशनमा दोस्रो दिन शनिबार प्रस्तुत प्रतिवेदनहरूमाथि समूहगत छलफल गरेर निष्कर्ष सुनाउने र आइतबार लेखा आयोगको निर्वाचनसहित महाधिवेशन समापन गर्ने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण