बुढीगंगामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु
शुक्रबार, २० भदौ २०८२, १९ : ३१
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ पशुपति टोलमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा ५ वर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ गइरहेको प्र १–०२–००२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा शम्भु पौडेललाई ठक्कर दिएको थियो ।
दिउँसो करिब ४ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सुनसरीको दुहबी नगरपालिका–११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई पक्राउ गरिएको प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण