‘बिग बोस १९’ ले तोड्यो टिभीआर रेकर्ड , पहिलो हप्तामै बन्यो नम्बर १ रियालिटी शो
सारांश
- मुम्बईमा बिग बोस १९ शो सुरु भएको छ, जसले दर्शक र टीभीआर दुवैमा राम्रो प्रतिक्रिया पाएको छ।
- शोको पहिलो एपिसोडले १.६ टीभीआर हासिल गर्यो र औसतमा १.३ टीभीआर कायम राख्यो, जसले गर्दा यो शो सफल भएको छ।
- यो सिजन डिजिटल प्लेटफर्ममा अघिल्लो सिजनभन्दा धेरै दर्शक र वाचटाइमका साथ अगाडि बढेको छ, र यसको अवधारणा 'लोकतन्त्र' मा आधारित छ।
मुम्बई । लोकप्रिय भारतीय रियालिटी शो ‘बिग बोस १९’ आफ्नो सुरुवातदेखि नै चर्चामा छ। यो शो दर्शकमाझ मात्र नभई टेलिभिजन भ्युअर पोइन्ट (टीभीआर) को मामलामा पनि अगाडि देखिएको छ।
‘बिग बोस १९’ को पहिलो एपिसोड २४ अगस्टमा जियो हटस्टारमा राति ९ बजे र त्यसपछि कलर्स च्यानलमा राति १०:३० बजे प्रसारण भएको थियो। यस शोले आफ्नो सुरुवातको एपिसोडमै १.६ टीभीआर हासिल गर्दै दमदार सुरुआत गरेको थियो, र पूरै हप्ताभरि १.३ टीभीआरको औसत रेटिङ कायम राखेको छ।
डिजिटल प्लेटफर्म जियो हटस्टारमा ‘बिग बोस’ले यस सिजनमा अहिलेसम्मका सबै रेकर्ड तोडेको छ। यो शोले अघिल्लो सिजनको तुलनामा २.३ गुणा बढी दर्शक र २.४ गुणा बढी वाचटाइम हासिल गरेको छ। यो सफलतासँगै यो शो सबै रियालिटी शोभन्दा अगाडि देखिएको छ।
२४ अगस्टबाट सुरु भएको ‘बिग बोस १९’ मा हरेक वर्षजस्तै यस पटक पनि केही नयाँ कुराहरू समावेश गरिएको छ। यस पटकको शोको कन्सेप्ट ‘लोकतन्त्र’ अर्थात् ‘डेमोक्रेसी’ मा आधारित छ।
यही थिममा ‘बिग बोस हाउस’ पनि डिजाइन गरिएको छ। यस सिजनमा सलमान खानको शैली पनि अघिल्लो सिजनको भन्दा फरक रहेको बताइएको छ। यो शो ३ महिनाको सट्टा ५.५ महिनासम्म चल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण