पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सरकारले सञ्चालन गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन्।
शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको २९ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन र व्यापार विस्तारमा नयाँ सम्भावना खोलेको बताए।
हाल पोखरा विमानस्थलबाट हिमालय एयरलाइन्सले हप्तामा एक दिन नियमित उडान गरिरहेको, सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको तयारी गरेको र भुटान एयरलाइन्सले चार्टर्ड उडानलाई नियमित गर्न सके पोखराको पर्यटन थप चलायमान हुने उनको धारणा थियो ।
पोखरा प्राकृतिक सौन्दर्यसँगै आर्थिक समृद्धिको विशाल सम्भावना बोकेको प्रदेश रहेको समेत उनले उल्लेख गरे। अध्यक्ष ढकालले कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि, स्वास्थ्य र शिक्षालाई लगानी र उद्यमशीलताका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेर अघि बढ्नुपर्ने बताए।
करिब तीन दशकदेखि स्थानीय व्यवसायको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा सङ्घको योगदान गरेको बताए।
अध्यक्ष ढकालले लेखनाथ उद्योग वाणिज्य सङ्घले व्यावसायिक नीति निर्माण, साना तथा मझौला उद्यमको प्रोत्साहन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे ।
कृषि क्षेत्रमा पोखराको उर्वर भूमि र अनुकूल जलवायुले धान, मकै, तरकारी र फलफूल उत्पादनमा ठुलो सम्भावना रहेको बताए। अध्यक्ष ढकालले स्थानीय जैविक उत्पादनको ब्रान्डिङ र बजार विस्तारमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण