बङ्गलादेशसँग घरेलु मैदानमा भिड्दै नेपाल
शनिबार, २१ भदौ २०८२, ०७ : २९
सारांश
- आज काठमाडौंको दशरथ रंगशालामा नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
- खेल साँझ ५:३० बजे सुरु हुनेछ, जसमा दुवै टोली जितका लागि तयार छन्।
- नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ, जसलाई एएफसी एसियन कप छनोटको तयारीको रूपमा लिइएको छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै छन् । काठमाडौँको दशरथ रङ्गशालामा हुने खेल आज साँझ ५:३० बजेदेखि सुरु हुने तय भएको छ ।
दुवै टिमले मैत्रीपूर्ण फुटबलका लागि आफूहरू तयार रहेको र जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने बताएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्नो प्रतिद्वन्द्वी बङ्गलादेश बलियो टोली रहेको र यो खेलका लागि उत्साही रहेको बताए ।
फिफा इन्टरनेशनल विन्डोमा नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल मंगलबार हुनेछ । यी खेललाई दुवै टोलीले एएफसी एसियन कप छनोटका बाँकी खेलको तयारीका रूपमा लिएको छ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको प्रतिस्पर्धामा नेपालले अक्टोबर महिनामा भियतनामसँग ‘होम एन्ड अवे’ र मलेसियासँग ‘अवे’ लेग खेल्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण