विपक्षीमाथि थुक्दा सुवारेजलाई ६ खेलको प्रतिबन्ध
सारांश
- लुइस सुवारेजलाई विपक्षी सुरक्षा निर्देशकमाथि थुकेको आरोपमा ६ खेलको प्रतिबन्ध लगाइएको छ।
- गत अगस्ट ३१ मा लिग्स कप फाइनलमा सिएटल साउन्डर्ससँगको खेलपछि विवाद भएको थियो।
- सुवारेजले इन्स्टाग्राममार्फत आफ्नो आचरणका लागि माफी मागेका छन्।
मियामी । इन्टर मियामीका फरवार्ड लुइस सुवारेजलाई ६ खेलको प्रतिबन्ध लगाइएको छ।
उनले गत अगस्ट ३१ मा लिग्स कप फाइनलमा सिएटल साउन्डर्ससँग ३-० को हार पछि विवादका क्रममा विपक्षी क्लबको सुरक्षा निर्देशक जिन रामिरेजमाथि थुकेको घटनामा संलग्न भएको प्रमाणित भएपछि कारबाही गरिएको हो।
प्रतियोगिता सकिएलगत्तै खेलमैदानमा दुबै टोलीबिच झडप भएको थियो। त्यस क्रममा सुवारेजले साउन्डर्स मिडफिल्डर ओबेद वर्गासलाई घाँटीबाट समातेका थिए भने उनका टोलीसाथि सर्जियो बुस्क्वेट्सले वर्गासलाई मुक्का हानेका थिए।
त्यसपछि सुवारेज रामिरेजसँगै विवादमा तानिँदा उनलाई टोलीका साथी ओस्कार उस्तारीले रोक्ने प्रयास गरेका थिए, तर उनले थुकेको दृश्य क्यामेरामा कैद भएको थियो। ३८ वर्षीय पूर्व लिभरपुल र बार्सिलोनाका स्टार सुवारेजले आफ्नो आचरणबारे इन्स्टाग्राममार्फत माफी मागेका छन्।
लिग्स कप अनुशासन समितिले सुवारेजको प्रतिबन्ध आगामी वर्ष हुने प्रतियोगितामा मात्र लागु हुने जनाएको छ। तर मेजर लिग सकर (एमएलएस) ले थप कारबाही गर्ने अधिकार सुरक्षित राखेको चेतावनी दिएको छ।
सोही झडपका कारण इन्टर मियामीका सर्जियो बुस्क्वेट्सलाई दुई खेल र टोमास अविलेसलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ। त्यस्तै सिएटलका कोचिङ स्टाफ सदस्य स्टिभेन लेनहार्टलाई पाँच खेलको निलम्बन गरिएको छ।
सुवारेज विवादास्पद खेलाडीका रूपमा चिनिँदै आएका छन्। सन् २०११ मा लिभरपुलमा खेल्दा उनले म्यानचेस्टर युनाइटेडका डिफेन्डर पाट्रिस एभ्रालाई जातीय दुर्व्यवहार गरेको आरोपमा आठ खेलको प्रतिबन्ध भोगेका थिए।
यस्तै उनले अयाक्स, लिभरपुल र उरुग्वेको खेल्दा तीन पटक बेग्लाबेग्लै प्रतिद्वन्द्वीलाई टोकेको कारण निलम्बनमा पर्नु परेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी, काठमाडौँ र पोखरामा वर्षाको सम्भावना सबैभन्दा धेरै
-
रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण