नेपालमै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ : महामन्त्री थापा
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले देशमा नै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने सपना देखेका छन्।
- उनले नेपालमै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्ने बताए।
- थापाले कांग्रेसले युवालाई देशमै बसेर राम्रो आम्दानी गर्न सक्ने अवस्था निर्माण गर्ने सपना देख्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा नै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले पूर्वाधार विकाससँगै मानिसका आकांक्षाहरू पनि बढेको बताएका हुन् ।
धेरै युवा रोजगारीका लागि विदेश जाने गरेकोले नेपालमै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। थापाले भने, ‘देशभरि पूर्वाधार बनेको छ, विकास भएको छ, थुप्रै कुराहरू बदलिएको छ। तर यो बदलिएको सँगसँगै मान्छेहरूको आकांक्षा पनि बढेको छ, जुन स्वाभाविक हो।’
उनले विदेशमा काम गर्ने नेपालीले राम्रो आम्दानी गरिरहेको उदाहरण दिँदै नेपालमा पनि सोही स्तरको आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए। उनले थपे, 'अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छ। त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन, राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ।'
उनले कांग्रेसले नेपालका युवालाई देशमै बसेर राम्रो आम्दानी गर्न सक्ने अवस्था निर्माण गर्ने सपना देख्नुपर्ने र त्यसका लागि जे पनि गर्न तयार हुनुपर्ने बताए। उनका अनुसार सरकारमा बस्नु, टिक्नु वा रहनु कांग्रेसका लागि गौण कुरा हो। उनले थपे, 'मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु र यो सपना पूरा गर्नको निम्ति यो प्रतिबद्ध छ भन्ने भरोसा दिलाउँछु।'
थापाले बीपी कोइरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको स्मरण गर्दै आजको काँग्रेसले युवालाई देशमै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण