मिसेस नेपाल वर्ल्ड- २०२५ का लागि चयन भएका महिलालाई ट्याग नम्बर र स्यास प्रदान
सारांश
- मिसेस नेपाल वर्ल्ड २०२५ को अन्तिम स्पर्धाको लागि ३० महिला छनोट भए, जसलाई ट्याग नम्बर र स्यास प्रदान गरियो।
- अडिसनबाट छानिएका गृहिणी, व्यवसायी, र विभिन्न पेशाका महिलाहरू अन्तिम प्रतिस्पर्धामा सहभागी हुनेछन्।
- प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ, विजेताले मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
काठमाडौँ । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ को अन्तिम स्पर्धामा चयन हुन सफल ३० जना महिलालाई ट्याग नम्बर र स्यास प्रदान गरिएको छ। राजधानीमा शुक्रबार राति आयोजित भव्य कार्यक्रमका बिच उनीहरूलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको हो ।
राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न स्यासिङ सेरोमनीमा मिसेस नेपाल वर्ल्ड २०२५ को अन्तिम स्पर्धाका लागि चयन भएका उनीहरूलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको हो।
अडिसनमार्फत देशका विभिन्न भागका महिलाहरू छनोट भई अन्तिम प्रतिस्पर्धामा पुगेका हुन्। ग्रयान्ड फाइनलको झल्को दिने गरी भव्यताका साथ सम्पन्न स्यासिङ सेरोमनीमा सहभागीले आफ्ना परिचय प्रस्तुत गरेका थिए । मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस संस्करणमा गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवीदेखि पाइलटसम्मका महिलाहरू प्रतिस्पर्धामा रहेका छन्।
यो संस्करणमा चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुजाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढकाल, रविना महर्जन, कल्पना विष्ट, रञ्जना बुधाथोकी, कुसुम खड्का र सृजना विष्ट, विराटनगरबाट पुजन ढकाल, काभ्रेपलान्चोकबाट अरुणा लामा, नेपालगन्जबाट एलिना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, इटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी, नवलपरासीबाट गङ्गा लामिछाने, स्याङ्जाबाट विष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौँबाट सजनी जोशी, सुमिना महर्जन र विष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का, झापाबाट करुणा श्रेष्ठ अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्।
कार्यक्रममा विभिन्न गीत संगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो। सो अवसरमा विद्यार्थी कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने गायक तथा सङ्गीतकार ओम सुनार र लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता जुनु रिजालले आफ्नो गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ। प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्नेछन्। सहायक कोरियोग्राफर आईना गजुरेल हुनेछन्। समन्वय सम्राट् शाह र गङ्गा महर्जनले गर्नेछन् भने प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्वका विज्ञहरूको सहभागिता रहेको छ।
मिसेस नेपाल वर्ल्ड २०२५ को विजेताले अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसअघि २०२१ मा दिक्षा केसी, २०२३ मा पृथ्वीया थापा र २०२४ मा डेनिला कार्कीले उपाधि जितेका थिए।
थापाले मिसेस वर्ल्ड २०२३ मा सहभागी भई ह्युम्यानिटेरियन अवार्ड जितेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेकी थिइन्। आयोजक झाका अनुसार यस संस्करणलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याउन विशेष तयारी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण