बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पोर्चुगलमा स्याउ टिप्न व्यस्त नेपाली, तस्बिरहरू

शनिबार, २१ भदौ २०८२, १३ : ३१
शनिबार, २१ भदौ २०८२

सारांश

  • पोर्चुगलमा नेपाली श्रमिकहरू स्याउ टिप्ने काममा व्यस्त छन्, र उनीहरू कृषि क्षेत्रमा कार्यरत छन्।
  • पोर्चुगलमा सन् २०२३ मा २९२.२३ मिलियन किलोग्राम स्याउ उत्पादन भएको थियो।
  • नेपाली श्रमिकहरू ओडेमिरा, साओ टियोटोनियो र अल्मेइरिम जस्ता स्थानहरूमा फलफूल खेतीमा संलग्न छन्।

लिस्बन । पोर्चुगलमा नेपालीहरू स्याउ टिप्ने काममा व्यस्त छन्। पोर्चुगलको कृषि क्षेत्रमा करिब ३० हजार नेपाली श्रमिक कार्यरत रहेको बताइएको छ। उनीहरू यहाँका किसानसँग मिलेर स्याउ टिप्ने काम गरिरहेका छन्।

portugal nepali (1)

पोर्चुगलमा स्याउ खेतीको लामो र समृद्ध इतिहास छ। ऐतिहासिक विवरणअनुसार १२औं शताब्दीको मध्यतिर अल्कोबासा क्षेत्रमा सिस्टरियन भिक्षुहरूले स्याउका बोट रोपेर खेती सुरु गरेका थिए। सन् १९६० को दशकमा औद्योगिकीकरण भएपछि उत्पादन र गुणस्तरमा सुधार आएको थियो।

portugal nepali (2)

सन् २०२३ मा पोर्चुगलले करिब २९२.२३ मिलियन किलोग्राम स्याउ उत्पादन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा थोरै बढी हो। यो उत्पादनमा रिबाटेजो ई ओएस्टे क्षेत्रले ४० प्रतिशत, ट्रास-ओस-मोन्तेसले ३० प्रतिशत, बीरा लिटोरलले १३ प्रतिशत र बीरा इन्टेरियोले १२ प्रतिशतको योगदान दिएका छन्।

portugal nepali (3)

स्याउ मुख्यतया अक्टोबरदेखि डिसेम्बरसम्म पाक्छ। यो समयमा बजारमा ताजा स्याउको आपूर्ति बढ्छ र किसानहरू भण्डारण तथा निर्यातका लागि तयारी गर्छन्। सन् २०२३ मा पोर्चुगलले ७०.६९ मिलियन किलोग्राम स्याउ निर्यात गरेको थियो।

portugal nepali (4)

पोर्चुगलमा रहेका नेपाली श्रमिकहरू दक्षिणी क्षेत्रका ओडेमिरा, साओ टियोटोनियो र अल्मेइरिम जस्ता स्थानहरूमा स्याउबाहेक बेरी, टमाटर, अंगुर तथा अन्य फलफूलको खेतीमा पनि काम गर्छन्।

portugal nepali (5)portugal nepali (6)

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप