नेपालसँग खेल्न बंगलादेशका प्रशिक्षक जेभियर उत्साहित
शनिबार, २१ भदौ २०८२, १३ : ४६
सारांश
- बंगलादेशका फुटबल प्रशिक्षक जेभियर क्याब्रेरा नेपालमा खेल्न उत्साहित छन्।
- प्रशिक्षकका अनुसार, टोलीको तयारी राम्रो छ र नेपालसँगको खेल आगामी प्रतियोगिताका लागि उपयोगी हुनेछ।
- हम्जा चौधरी खुट्टाको समस्याका कारण नेपाल आउने छैनन्।
काठमाडौँ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बंगलादेशको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जेभियर क्याब्रेरा नेपालमा खेल्न उत्साहित रहेको बताएका छन्।
नेपाल आउनुअघि नै टोलीको तयारी राम्रो रहेको र नेपालसँगको खेलले आगामी प्रतियोगिताका लागि राम्रो अभ्यास हुने उनले बताए। जेभियरले भने, 'नेपाल आउनुअघि नै हाम्रो तयारी राम्रो थियो। नेपाली टोलीसँगको खेलले हामीलाई आगामी प्रतियोगिताका लागि राम्रो परीक्षण दिनेछ। हामी काठमाडौंमा नेपालसँग खेल्न उत्साहित छौँ।'
यसैबीच, उनले चर्चित खेलाडी हम्जा चौधरी नेपाल नआउनुको कारण पनि खुलाएका छन्। उनले हम्जाको दायाँ खुट्टामा समस्या रहेकोले मैत्रीपूर्ण खेलमा जोखिम नलिइएको बताए।
नेपाल र बंगलादेशबिचको पहिलो मैत्रीपूर्ण खेल शनिबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ भने दोस्रो खेल मंगलबार हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण