सर्वसाधारण भन्छन्- ‘सामाजिक सञ्जाल नेपालमा सूचीकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्यो’
सारांश
- सरकारले फेसबुक, एक्सलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ।
- सरकारको यो निर्णयलाई समर्थन र विरोध दुवै भइरहेको छ, समर्थन गर्नेहरूले सूचीकरणको आवश्यकता औंल्याएका छन्।
- सञ्चार मन्त्रालयको निर्णयअनुसार दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई सामाजिक सञ्जाल निष्क्रिय पार्न निर्देशन दिएको हो।
काठमाडौँ । सरकारले नेपालमा सूचीकरण नभएका फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । ती सामाजिक सञ्जालहरू हाल नेपालमा बन्द हुँदैछन् । सरकारको यो निर्णयलाई केहीले समर्थन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनेर विरोध गरिरहेका छन् ।
सरकारको निर्णयको समर्थन गर्नेहरूले सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुन जरुरी रहेको बताएका छन् । उनीहरूले सरकारलाई पनि सामाजिक सञ्जाल सधैँ बन्द जाने बाटोमा नभई यसलाई सूचिकृत गर्नको लागि पहल गर्न सुझाव दिएका छन् । विद्यार्थीको पढाई, साना व्यवसायीहरूको व्यापार लगायतमा केही समस्या देखिएकोले उनीहरूले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गरेर सञ्चालन ल्याउने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।
गत बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी नेपालमा सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सोहीअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको थियो । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण