प्रतिवेदनमाथि आज समूहगत छलफल सकिने, भोलि नेताहरूले प्रतिवेदन प्रस्तुत गर्ने
सारांश
- एमालेको दोस्रो विधान महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ।
- प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी छलफल सुरु गरिएको छ, कोशी प्रदेशले प्रतिवेदन लेखन थालिसकेको छ।
- भोलि समूहगत नेताहरूले प्रतिवेदन प्रस्तुत गर्नेछन् र सुझावमाथि अध्यक्ष ओलीले जवाफ दिनेछन्।
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल चलिरहेको छ।
प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा समूहमा विभाजन गरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशले आफ्नो समूहगत छलफल सकेर प्रतिवेदन लेखनको काम थालिसकेको छ।
गौतमका अनुसार, शनिबार छलफल सकेर भोलि समूहगत नेताहरूले प्रतिवेदन प्रस्तुत गर्नेछन्। समूहगत रूपमा आएका सुझावहरूमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानमार्फत टुङ्गो लगाइने उनले बताए।
महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पनि प्रतिवेदन पेश गरेका थिए।
त्यस्तै, आज केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले पनि आ-आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका छन्।
'निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य' मूल नारासहित सुरु भएको यस महाधिवेशनमा देशभरका २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २ हजार ३४१ जनाको सहभागिता रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण