यू–२३ एसियन कप छनोट : अग्रता जोगाउन नसक्दा सिरियासँग हार्यो नेपाल
सारांश
- नेपाली यू-२३ फुटबल टोली एएफसी एसियन कप छनोटमा सिरियासँग पराजित भयो।
- खेलमा नेपाल सिरियासँग ४-२ गोलले पराजित भयो, जसमा सिरियाले अग्रता कायम गर्यो।
- नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गरे भने सिरियाका लागि मोहम्मद अलमुस्तफा, आलि अलरिना, मोहम्मद अल्स्वाद र मोहम्मद नेफले गोल गरे।
काठमाडौँ । नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटमा सिरियासँग पराजित भएको छ ।
शनिबार ताजिकिस्तानको दुसान्बे सेन्ट्रल रिपब्लिकन स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४-२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा १–० गोलको अग्रता लिएको सिरियाले दोस्रो हफमा थप तीन गोल गर्यो भने दुई गोल बेहोर्यो ।
सिरियाका लागि खेलको २६ औँ मिनेटमा मोहम्मद अलमुस्तफाले गोल गर्दै टिम अग्रता दिलाए पनि ५६ औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । खेलको ६६ औँ मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए पनि ७२ औँ मिनेटमा आलि अलरिनाले गोल गरेछि खेल फेरि बराबरी भयो ।
यस्तोमा कप्तान मोहम्मद अल्स्वादले ८१ औँ मिनेटमा गोल गर्दै सिरियालाई ३–२ गोलको अग्रता दिलाए । ९०औं मिनेटमा मोहम्मद नेफले गोल गर्दै सिरियालाई ४–२ गोल अन्तरको जित दिलाउन सफल भए ।
नेपालले अब छनोटको अन्तिम खेलमा फिलिपिन्सको सामना गर्नेछ । प्रतियोगिताको दुई खेलमा पराजित भएको नेपाललाई अन्तिम खेल खासै महत्त्वपूर्ण हुनेछैन । नेपाल र फिलिपिन्सको खेल ९ सेप्टेम्बरमा हुनेछ ।
सन् २०२६ को साउदी अरेबियामा हुने यु-२३ एसियन कप छनोटमा ४४ राष्ट्र सहभागी छन् । ४४ टिमलाई ११ समूहमा विभाजन गरिएको छ, प्रत्येक समूहमा ४ टोली छन् ।
प्रत्येक समूह विजेता अन्तिम चरणमा छनोट हुनेछ । साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउनेछन् । साउदी अरेबिया भने आयोजकको हैसियतमा छनोट भइसकेको छ । एसियन कपमा कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण