गाजामाथि तीव्र भयो इजरायली आक्रमण, सहरको दोस्रो अग्लो भवन ध्वस्त
सारांश
- इजरायली सेनाले गाजा सहरमा रहेको सुसी टावर ध्वस्त पारेको छ।
- इजरायलले उक्त भवन हमासले प्रयोग गरेको दाबी गरे पनि हमासले अस्वीकार गरेको छ।
- शनिबारको आक्रमणअघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिण क्षेत्रमा सर्न अपील गरेको थियो।
रफाह । इजरायली सेनाले गाजा सहरमा एउटा अग्लो भवन ध्वस्त पारेको छ । सुसी टावर नाम गरेको त्यो भवनलाई लक्षित गरिएको यो लगातार दोस्रो दिन हो ।
रक्षामन्त्री इजरायल काट्जले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भवन भत्किएको भिडियो शेयर गरेका छन् । सो भवनलाई हमासले प्रयोग गरिरहेको इजरायल रक्षा बल (आईडीएफ)को भनाइ थियो । तर हमासले भने यो दाबीलाई अस्वीकार गरेको छ ।
आक्रमणमा कोही हताहत भएका छन् कि छैनन् भन्ने कुरा स्पष्ट भएको छैन । शनिबारको आक्रमण अघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपील गर्ने पर्चाहरू खसालेको थियो । गाजाको दक्षिण क्षेत्रलाई इजरायलले मानवीय क्षेत्र भन्छ ।
सुसी टावर पछिल्ला केही दिनहरूमा ध्वस्त भएको दोस्रो सबैभन्दा अग्लो भवन हो । शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरिएको थियो, जसमा सहरको अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठुलो विस्फोट पछि ढलेको देखाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण