रुसले आतंक बढाइरह्यो - युक्रेनी विदेशमन्त्री
किभ । गएराति रुसले युक्रेनमा ठुलो हवाई आक्रमण गर्यो । यस आक्रमणमा युक्रेनको राजधानी किभमा रहेको मुख्य सरकारी भवनलाई निशाना बनाइएको थियो ।
रुसले आफ्नो आतंक बढाइरहेको यस आक्रमणतर्फ संकेत गर्दै युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले भनेका छन् । यस्तो अवस्थामा युक्रेनका सहयोगीहरूले कडा प्रतिक्रिया दिनुपर्ने उनको भनाइ थियो ।
‘पहिलो पटक रातारात ८०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरियो । किभ, ओडेसा, क्रेमेन्चुक, क्रिभी रे, जापोरिजिया र अन्य सहरहरूमा नागरिकहरू मारिए र घाइते भए । पूर्वाधारमा धेरै क्षति पुगेको छ,’ सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै उनले लेखेका छन्, 'सबैभन्दा निन्दनीय पक्ष यही हो कि यी आक्रमणहरू त्यस्तो समयमा भइरहेका छन् जतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति ल्याउन हरसम्भव प्रयास गरिरहेका छन्, तर पुटिनले कूटनीतिलाई अस्वीकार गर्दै आतंक बढाइरहेका छन् ।’
रुसले युक्रेनमा रातारात गरेको आक्रमणको जवाफमा युक्रेनले पनि रातारात ड्रोनमार्फत रुसमाथि आक्रमण गरेको थियो । युक्रेनले रुसको पश्चिमी ब्रायान्स्क क्षेत्रमा रहेको तेलको पाइपलाइनलाई निशाना बनाएको छ, यो जानकारी युक्रेनको ड्रोन फोर्सका प्रमुख रोबर्ट मग्यार ब्रोवडीले दिएका बीबीसीले एउटा समाचारमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण