एनआरएनएको कोषाध्यक्षमा कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने
आइतबार, २२ भदौ २०८२, १९ : १२
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने भनिएको महाधिवेशनमा वर्तमान सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनएभित्र इमानदार र सहयोगी भावना भएको अभियन्ताका रूपमा परिचित उनले आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको बताए ।
सबल र सफल एनआरएनएका लागि बलियो कोष निर्माणका साथसाथै संघको हिसाब किताब मितव्ययी र पारदर्शी बनाउनका लागि कोषाध्यक्षका रूपमा निर्वाचित भएमा आफूले भूमिका खेल्ने उनले बताए ।
धादिङको धुवाँकोटमा जन्मिएका तिमल्सेना हाल बेलायतमा रहेर व्यवसायका साथै सामाजिक काममा सक्रिय छन् । सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण