सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनरवलोकन गर्न १७ विद्यार्थी संगठनको माग
सारांश
- नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्।
- विद्यार्थी संगठनहरूले सरकारको निर्णयले अध्ययन, अनुसन्धान र डिजिटल साक्षरतामा बाधा पुर्याउने बताएका छन्।
- उनीहरूले सरकारलाई सामाजिक सञ्जाल पुनः सञ्चालन गर्न र निर्णय पुनरवलोकन गर्न आग्रह गरेका छन्।
काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने नेपाल सरकारको निर्णयप्रति १७ विद्यार्थी संगठनले गम्भीर आपत्ति जनाएका छन् । सरकारको यो कदमले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचमाथि गम्भीर असर पुगेको भन्दै उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
विद्यार्थी संगठनहरूले सरकारको निर्णयले विद्यार्थीहरूको अध्ययन, अनुसन्धान र डिजिटल साक्षरतामा बाधा पुगेको बताएका छन् । साथै, करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमा निर्भर भएकाले यो प्रतिबन्धले रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने जोखिम बढेको उनीहरूको भनाइ छ ।
विज्ञप्तिमा सरकारलाई तत्काल सामाजिक सञ्जाल पुनः सञ्चालन गर्न र आफ्नो निर्णय पुनरवलोकन गर्न आग्रह गरिएको छ । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, शिक्षा र आर्थिक अवसरमाथि खतरा उत्पन्न गर्ने यस्ता नीतिहरू तत्काल फिर्ता लिन माग गरेका छन् ।
विद्यार्थी संगठनहरूले अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरू जस्तै फेसबुक, गुगल, एक्स (ट्विटर) लगायतलाई पनि नेपालको सार्वभौमिकतालाई सम्मान गर्दै छिटोभन्दा छिटो नेपालमा दर्ता प्रक्रियामा आउन आह्वान गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जाल दर्तासम्बन्धी कानुनमा रहेका जटिलता हटाएर त्यसलाई व्यावहारिक बनाउन र इन्टरनेट स्वतन्त्रताको महत्त्वलाई बुझेर मात्र कुनै पनि निर्णय लिन सरकारलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण