हरिसिद्धि दुर्घटना : पीडित पक्षसँग सहमतिपछि प्रदेश मन्त्रीका चालक रिहा
सारांश
- कोशी प्रदेशका मन्त्री राम रानाका गाडी चालक सहमतिपछि रिहा भएका छन्।
- ललितपुरको हरिसिद्धिमा रानाको गाडीले बालिकालाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।
- घाइते बालिकाको उपचार र फलोअप उपचारको सहमति भएपछि चालकलाई रिहा गरिएको हो।
काठमाडौँ । कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री राम रानाका गाडी चालक छुटेका छन् । पीडित पक्षसँग सहमतिपछि विराटनगर घर भएका ४८ वर्षीय चन्द्रनारायण चौधरी रिहा भएका हुन् ।
शनिवार ललितपुरको हरिसिद्धिमा राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएकी थिइन् । को १ झ ६९९ नम्बरको गाडी चौधरीले चलाएका थिए । बच्चाको सम्पूर्ण उपचार गरिदिने सर्तमा सहमति भए पनि चालकलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ललितपुर महानगरपालिका–२८ घर भएकी उषा सुनुवार घाइते भएकी थिइन् । अनुहार र दायाँ हातमा चोट लागेकी सुनुवार बीएण्डबी अस्पतालबाट डिस्चार्ज भएकी छन् । चालक पक्षले बीएण्डी अस्पतालमा १४ हजार उपचार खर्च तिरेका छन् । फलोअप उपचार पनि गर्ने सहमति भएपछि चालक छुटेका हुन् ।
ललितपुरको गोदावरीमा नेकपा (एमाले)को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण