पूजा महतो ब्रान्ड एम्बेसडर नियुक्त
पोखरा । विश्वप्रसिद्ध र सबैभन्दा बढी बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड गल्फका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ। कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, कम्पनीका सञ्चालक समितिका सदस्य र प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टनरहरूको क्षमता विकासका लागि विशेष प्रशिक्षण सत्र, विगत वर्षको समग्र समीक्षा र आगामी दिनको रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो। त्यस्तै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका पार्टनरहरूलाई सम्मान समेत गरिएको कम्पनीले जनाएको छ।
सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गर्ने घोषणा गरेको हो। हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’ मा स्थान बनाउन सफल महतो उक्त सम्मान पाउने एक मात्र एसोसिएट राष्ट्रकी खेलाडी बनेकी थिइन्।
कम्पनीका अनुसार, “पूजा महतो नेपाली क्रिकेटको उदयीमान तारा हुनुहुन्छ। उहाँको लगनशीलता र अथक मेहनतले नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पु-याएको छ। यो सहकार्यले कम्पनी मात्र होइन, सम्पूर्ण नेपाली महिला क्रिकेटलाई लाभ पुग्नेछ।”
ब्रान्ड एम्बेसडर बनेकी महतोले गल्फजस्तो विश्वव्यापी ब्रान्डसँग सहकार्य गर्न पाउँदा आफू निकै खुसी भएको बताइन्। उनले भनिन्, “यसले मलाई मात्र होइन, भविष्यका महिला क्रिकेटरहरूलाई पनि प्रेरणा दिनेछ।”
सोही कार्यक्रममा कम्पनीका अध्यक्ष करण चौधरीले लुब्रिकेन्ट व्यवसाय चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै गुणस्तर, सर्वसुलभता र पार्टनर्सप्रति प्रतिवद्धताका कारण गल्फ आगामी दिनमा अझ गतिशील हुने विश्वास व्यक्त गरे।
त्यस्तै, अन्य वक्ताहरुले यस वर्षको पार्टनर मिटको मूल थिम पूजा महतोकै उदाहरण रहेको जनाउँदै, जस्तै उनले सामाजिक चुनौती पार गर्दै क्रिकेटमा नयाँ उचाइ हासिल गरेकी छिन्, त्यसरी नै सबै पार्टनरले मिलेर गल्फलाई अझ माथि पुर्याउनुपर्ने धारणा व्यक्त गरे।
गल्फ लुब्रिकेन्ट्स विश्वभर अटोमोटिभदेखि इन्डस्ट्रियल क्षेत्रसम्मका उत्पादन उपलब्ध गराउने ब्रान्ड हो। नेपालमा भने यसले ४० वर्षभन्दा बढीको गौरवमय यात्रा पूरा गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण