बौद्ध जोरपाटीको हिलाम्मे सडकमा असार १५ को रौनकः कविता वाचन गर्दै यसरी धान रोपे कविले (भिडियो)
काठमाडौं–असार १५ मा देशका विभिन्न भागमा खेत–खेतमा धान रोपाई भईरहेका बेला काठमाडौंमा भने कविहरुले कविता बाचन गर्दै हिलाम्मे सडकमा धान रोपाई गरेका छन् । काठमाडौंको जोरपाटीमा शुक्रबार कविहरुले सडक कविता बाचन कार्यक्रम आयोजना गरी प्रतिकात्मक रुपमा सरकारको विरोध गर्दै सडकमा धान रोपाई गरेका हुन् ।
जोरपाटीमा रहेको साहित्यिक संस्था अभिनव साहित्य समाजलगायत अन्य ५ वटा संस्था मिलेर सडकमा धान रोपाई तथा सडक कविता वाचन कार्यक्रम गरिएको संस्थाका अध्यक्ष वेदमणि घिमिरेले जानकारी दिए । काठमाडौंको बौद्धदेखि जोरपाटी हुँदै साँखुसम्म सडक विस्तार गर्ने नाममा सडकलाई बेहाल बनाएको भन्दै त्यसको बिरोधस्वरुप प्रतिकात्मक रुपमा धान रोप्ने र कविता बाचन गर्ने कार्यक्रम गरिएको घिमिरेले बताए ।
कार्यक्रममा सहभागी ५० भन्दा बढी कविहरुले सडकको हिलो, धुलो, धुँवा, जाम सडकमा नराम्रा पक्षको बारेमा कविता वाचन गरेका थिए । उनीहरुलाई अघिपछिको जस्तो सृङ्गारिक, राजनीतिक लगायतका विषयमा कविता वाचन गर्न दिइएको थिएन ।

अभिनव साहित्य समाजका अध्यक्ष घिमिरेले बौद्धदेखि साँखुसम्मको सडक झन् झन् बेहाल हुँदा पनि सरकार र ठेकेदारको ध्यान नगएको गुनासो गरे । अहिले जनता र सरकार दुबैलाई झक्झकाउने बेला आएको बताउँदै उनले यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सडक कविता कार्यक्रममा कविहरु शैलेन्द्र श्रेष्ठ, मानन्धर अभागी, पुष्पा धमला, रुद्र अधिकारी, मेनका आर्चाय, घनश्याम प्रसाई लगायतका कविहरुले कविता वाचन गरेका थिए । चुच्चेपाटीमा रहेको होटल ह्यायत देखि साँखुसम्मको सडक हिलाम्मले र जलमग्न अवस्थामा रहेको छ । ठेकेदारले समयमा काम नगर्दा त्यस क्षेत्रमा यात्रीहरुले सास्ती पाइरहेका छन् ।
हेर्नुहोस भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण