एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सारांश
- एकीकृत समाजवादीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गरेको छ।
- पार्टीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै युवाको जायज मागको समर्थन गरेको छ।
- सरकारको दमनको निन्दा गर्दै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
‘यो हद भयो । अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार ! सामाजिक सन्जाल खुला गर’, ज्वालाले भनेका छन्– ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ !!’
प्रवक्ता ज्वालाका अनुसार बैठकले सामाजिक सन्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गरेको छ ।
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको उक्त पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधि आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको बताएको छ ।
‘सरकार हिंसात्मक दमनमा उत्रिएको छ, केही युवाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको तत्काल उपचारको व्यवस्था गरियोस्’, प्रवक्ता ज्वालाले भनेका छन् ।
त्यस्तै सरकारी दमनको निन्दा एवं भर्त्सना गर्दै दमन बन्द गर्न र वार्ताबाट आन्दोलनकारीका जायज माग पूरा गर्दै समस्या समाधान गर्न सरकारसँग माग गरेको एकीकृत समाजवादीले आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन आन्दोलनकारी युवाहरूलाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण