जनार्दनको प्रस्ताव– आन्दोलनकारीको माग पूरा गर्न संयुक्त राजनैतिक संयन्त्र निर्माण गरौं
सोमबार, २३ भदौ २०८२, १७ : १८
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी आन्दोलनकारीको माग पूरा गर्न संयन्त्र बनाउन प्रस्ताव गरेका छन्।
- उनले केपी ओली सरकारले राजीनामा दिनुपर्ने बताएका छन्।
- जेनजी आन्दोलनकारीले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गरेका थिए, जसमा १५ जनाको मृत्यु भएको थियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी आन्दोलनकारीहरुको माग पूरा गर्नका लागि संयुक्त राजनैतिक संयन्त्र निर्माण गर्न प्रस्ताव गरेका छन् ।
त्यसअघि केपी ओली नेतृत्वको सरकारले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
‘आन्दोलनकारीहरुको माग पूरा गर्न सरकारले राजीनामा दिई उनीहरूको प्रतिनिधित्व सहित संयुक्त राजनैतिक संयन्त्र निर्माण गरौं’, उनले सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेका छन् ।
जेनजीहरुले सोमबार राजधानीको बानेश्वर क्षेत्रमा भ्रष्टाचार र बेथितिको विरोधसहित सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले चलाएको गोली लागेर हालसम्म १५ जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण