जेनजीको प्रदर्शनमा १७ जनाको मृत्यु पुष्टि
सारांश
- काठमाडौंमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १७ जनाको मृत्यु भएको छ।
- नयाँ बानेश्वरको प्रदर्शनमा घाइते भएका प्रदर्शनकारीहरूको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो।
- मृत्यु हुनेहरूमा पवन शाही, सुलभ राज श्रेष्ठ, सिमाय चौलागाईं, र बुद्धिबहादुर तामाङ लगायतका व्यक्तिहरू छन्।
काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको छ । उपचारको क्रममा १७ जनाको निधन भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले रातोपाटीलाई बताए ।
नयाँ बानेश्वरको प्रदर्शनमा गोली लागेपछि विभिन्न अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । प्रदर्शनको सुरक्षामा खटिएका नेपाल प्रहरीका १० जना र सशस्त्रका ९ जना घाइते भएका छन् ।
७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।
श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ । पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए ।
सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण