जेनजी आक्रोश : ‘नो करप्सन, नो फर यु’
विराटनगर । सुनसरी इटहरीकी निकिता चौधरी विराटनगरमा आयोजित जेनजी पुस्ताको आन्दोलनमा सहभागी भइन् । बिहानको कक्षा सकेर १० बजेदेखि आन्दोलनमा आएकी उनी भोकै थिइन् । आन्दोलनमा आउनुको कारणबारे उनले भनिन्, ‘नयाँ नेपाल, नो करप्सन, नो फर यु, नन एमाले, नन कंग्रेस, कुनै पनि पार्टी नचाहिने । स्वतन्त्र नेपाल जहाँ भ्रष्टाचार नहोस् ।’
उनी शिक्षित प्रधानमन्त्री चाहन्छिन् । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न नसक्ने उनी बताउँछिन् ।
उनले प्रत्येक नेपालीले यो कुरा स्वीकार्नुपर्ने र आन्दोलनलाई सफल बनाउनुपर्ने उनको माग छ । ‘अब युवालाई प्रधानमन्त्री बनाउनुपर्छ । एजुकेटेड मान्छेले देश चलाउनुपर्छ । यो सरकार परिवर्तन होस्,’ उनले भनिन् ।

विराटनगरका शिक्षादीप कलेजकी पेमा लामा कोशी प्रदेशसभा अगाडि निषेधित क्षेत्र तोड्दा अग्रपंक्तिमा थिइन् । उनी पनि १२ कक्षाको अध्ययन सकेर आन्दोलनमा सरिक भइन् । उनी भन्छिन्, ‘करप्सन अन्त्य हुनुपर्छ । आउँदो जेनेरेसनलाई राम्रो हुनुपर्छ ।’
विराटनगर रानीका हर्षद अन्सारी पनि बिहानैदेखि भोकै ठुलो राष्ट्रिय झण्डा फहराएर आन्दोलनमा सहभागी छन् । देशको अवस्था देखेर आफूलाई पनि यो आन्दोलनमा आउनुपर्ने अवस्थामा ल्याएको उनको भनाइ छ ।
‘देशको अवस्था एकदमै गम्भीर छ । प्रधानमन्त्री र अन्य राजनीतिक दलका नेताहरू काम गरिरहेका छैनन् । मलाई लाग्छ अब हामीले चासो नदिने हो भने देशको अवस्था श्रीलङ्का र पाकिस्तान जस्तै हुनेछ ।’

उनी करको पैसाले नेताहरू ऐस आराम गरिरहेको बताउँछन् । ‘हामी खाडीमा उनीहरुका छोराछोरी गाडीमा । करको दुरुपयोग कहिलेसम्म हुन्छ ?,’ उनले भने । अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनी अझै ठुलो आन्दोलन गर्ने बताउँछन् ।
‘अब हामी सरकारको आम्दानी हुने ठाउँमा आन्दोलन गर्छौं । भन्सार घेर्छौं । आयात–निर्यात बन्द गरिदिन्छौं । यो सरकारलाई खारेज गर्छौं,’ उनले भने, ‘देशको अवस्था नै उथलपुथल बनाउँछौं ।’

देशमा बढ्दो भ्रष्टाचार, अशिक्षित नेतृत्व र अस्तव्यस्त राजनीतिको विरोधमा युवाहरूले सोमबार बिहानैदेखि देशका विभिन्न सहरमा सशक्त प्रदर्शन गरेका छन् । भोकै पेट सडकमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै राष्ट्रिय झण्डा बोकेर नाराबाजी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण