ओलीले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन
सारांश
- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनमा भएको दमनको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए।
- उनले ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएको र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे।
- पुनले जेनजी आन्दोलनकारीहरूलाई सार्वजनिक तथा व्यक्तिका सम्पत्तिमा तोडफोड नगर्न र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।
सोमबार एक कार्यक्रममा बोल्दै उनले ओलीको अहङ्कार र अधिनायकवादी चरित्रका कारण घटना भएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए ।
ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ । ‘जेनजी पुस्ताको आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ, पुनले भने, ‘यो परिस्थितिले उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरङ्कुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदाङ्गो पारेको छ । पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’
पुनले जेनजी पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आजै हटाउन पनि सरकारसँग माग गरे ।
अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजिक सञ्जालमा लगाइको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ ।
शान्तिपूर्ण प्रदर्शन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारी युवामाथि भएको अत्यधिक बल प्रयोग तथा दमनको स्वतन्त्र र न्यायिक छानबिनको माग गरे ।
पुनले आन्दोलनरत जेनजीलाई सार्वजनिक वा व्यक्तिका सम्पत्तिमाथि तोडफोड र आगजनी नगर्न अपिल पनि गरे । जेनजी आन्दोलनलाई दुरुपयोग गर्न अदृश्य तत्त्वले चलखेल गर्न सक्नेतर्फ सचेत रहन पनि पुनले अपिल गरे ।
पुनले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित नि:शुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण