प्रहरीको गोलीले ढल्यो विज्ञानको जापानको सपना
मकवानपुर । सोमबार बिहान जापान जाने तयारीमा रहेका दोलखाका विज्ञान काफ्ले बानेश्वरमा रहेको एक कन्सल्टेन्सी पुगेका थिए । तर, उनको त्यो सपना पूरा हुन पाएन। ‘जेन जी’ आन्दोलनको क्रममा प्रहरीको गोली लागेर उनी गम्भीर घाइते भएका छन् । हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ ।
करिब २७ वर्षीय विज्ञानको शरीरमा पछाडि (ढाड माथिको भाग)बाट गोली छिरेर अगाडि (छाती)बाट निस्केको छ। उनका काका तथा तामाकोसी गाउँपालिका–१ का पूर्व वडाध्यक्ष महेश काफ्लेका अनुसार विज्ञान प्रदर्शनमा सहभागी हुन गएका थिएनन्। जापान जाने प्रक्रियाका लागि कन्सल्टेन्सी पुगेर फर्कने क्रममा उनी भीडमा फसेका थिए।
महेश भन्छन्, 'काम सकेर बाहिर निस्कँदा सडकमा चलिरहेको प्रदर्शन हेर्ने क्रममा विज्ञान भीड नजिक पुगेका थिए। सोही क्रममा मच्चिएको भागदौड र होहल्लाबीच उनी गोलीको शिकार बन्न पुगे।'
गोली लागेर भुइँमा लडेपछि उनका साथीहरूले तत्काल उनलाई अस्पताल पुर्याएका थिए। गोलीले विज्ञानको फोक्सोमा समेत गम्भीर क्षति पुर्याएको चिकित्सकहरूले बताएका छन्।
महेशका अनुसार चिकित्सकहरूले शरीरको पछाडिबाट गोली लागेको र अगाडि ठूलो घाउ भएको बताएका छन्। 'डाक्टरहरूले गोली नै हुन सक्छ भन्नुभयो, तर गोली भेटिएन,' उनले थपे।
शल्यक्रियापछि विज्ञानको अवस्था हाल स्थिर भए पनि गम्भीर रहेको चिकित्सकहरूले जानकारी दिएका छन्। काठमाडौंको भत्केको पुल क्षेत्रमा बस्दै आएका विज्ञान स्नातक तहमा अध्ययनरत छन् र जापान जाने खर्च जुटाउन पार्ट-टाइम काम पनि गर्थे।
उनको परिवारमा आमाबुबा र दुई जना दाइहरू छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण