ओलीले सामाजिक सञ्जाल बन्द फिर्ता लिन नमानेपछि देउवा पुगे बालुवाटार
सोमबार, २३ भदौ २०८२, २१ : ३१
१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई आफूले टेलिफोनमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन गरेको आग्रह नमानेपाछि देउवा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । देउवा बालुवाटारमा ओलीसँग छलफलमा रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
पार्टी पदाधिकारी बैठक चलिरहेको बेलामा देउवाले ओलीलाई फोन गरेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।
मन्त्रिपरिषद् बैठकमा पनि कांग्रेसबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका प्रदीप पौडेल र गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकले पनि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता दिन सुझाएका थिए । कानुन नबन्दै सरकारको निर्णय फिर्ता नलिने जवाफ फर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण